सदरमुकामदेखि साढे तीन कोष दक्षिण अमरगढी नगरपालिका वार्ड नं.३ महाभारत पर्वतको उत्तरी कोखमा अवस्थित छ । तरकारी जर्मप्लाज्म सम्बर्धन तथा तरकारी बीउ उत्पादन केन्द्रको स्थापना वि.सं.२०४३ साल पौषमा भएको हो ।
यस जिल्लाको बीचोबीच भएर गएको महेन्द्रनगर-धनगढी, धनगढी-डडेल्धुरा (भीममार्ग), डडेल्धुरा–बैतडी (दशरथ मार्ग), बैतडी-दार्चुला, बैतडी–बझाङ्ग (जयपृथ्वीबहादुर सिंह मार्ग) र डडेल्धुरा-डोटी-अछाम राजमार्गका माध्यमबाट यस केन्द्रले यस क्षेत्रको तरकारी खेतीको विकासमा महत्व पूर्ण योगदान दिन सकेको छ ।
यस केन्द्रले विभिन्न तरकारी बालीका विभिन्न जातहरूको बीउ बेर्ना उत्पादन तथा वितरणका साथसाथै जातीय अध्ययन, परीक्षण, तालिम कार्यक्रम, प्रदर्शन, कीट वितरण, बाह्यसेवा कार्यक्रम र कृषक स्तरमा बीउ तथा ताजा तरकारी उत्पादन कार्य गर्दछ ।
ऐतिहासिक पृष्ठभूमि:
सुदरपश्चिम प्रदेश अन्य प्रदेशको अपेक्षा तरकारी उत्पादनमा पिछडिएको क्षेत्र हुनुका साथै यातायात तथा अन्य क्षेत्रमा पनि पछाडि नै रहेको छ । तरकारी खेतीको विकास त्यति अगाडि बढ्न नसकि पश्चिम तराई क्षेत्रमा विदेशी तरकारी प्रशस्त पैठारी भएको देखिन्छ भने पहाडी भेगमा तरकारी खेतीको आर्थिक तथा पौष्टिक महत्वको ज्ञानको कमी, गुणस्तरीय तरकारी बीउको अभाव, दक्ष प्राविधिक तथा उत्पादन प्रविधिको कमी, कृषकहरूमा जागरुकताको कमी आदि कारणहरूले गर्दा तरकारी खेती नगण्य रूपमा भएको पाइन्छ । आर्थिक तथा पौष्टिक दृष्टिकोणले तरकारी एक महत्वपूर्ण बाली भएको हुदा सुदरपश्चिम जस्तो दुर्गम क्षेत्रमा तरकारी विकासको कार्यक्रम सञ्चालन गरी उत्पादनमा वृद्धि ल्याउनु नितान्त आवश्यक भएको छ । उच्च गुणस्तरको तरकारी बीउको माग दिन प्रतिदिन बढ्दै गएको छ । अधिराज्यमा सुदरपश्चिम क्षेत्र बाहेक अन्य क्षेत्रमा बीउ उत्पादन गर्ने कार्यक्रम सञ्चालन भै रहेता पनि यातायातको असुविधाले गर्दा सेवात्मक कार्यक्रम उच्च गुणस्तरको बीउ सो भेगमा पुग्न नसकेको हुदा आशातित रूपमा तरकारी खेतीको विकास हुन नसकेको महसुस भएको छ ।
यसै राष्ट्रिय समस्यालाई औल्याई तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव तथा श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकारको वि.सं.२०४० साल माघ महिनामा मधयपश्चिमाञ्चल क्षेत्रमा भएको सवारीको सु-अवसरमा बक्स भएको निर्देशन नं.११ अनुसार पहाडी क्षेत्रमा तरकारी उत्पादन तथा प्रसार तर्फ जोड दिई जिल्ला, अञ्चल तथा क्षेत्रको मागपूर्ति गर्ने किसिमबाट जाने । यसै निर्देशनलाई कार्यान्वयन गर्न श्री ५ को सरकारको निर्णय नं.११–३ निम्नानुसार छ :
सुदरपश्चिम बिकास क्षेत्र अन्तर्गतका जिल्लाहरूमा तरकारी बाली विकासको लागि त्यस क्षेत्रमा भैरहेको काम मध्ये सम्भाव्य ठहरिएको एउटा फार्ममा तरकारी बीउ विकास केन्द्र स्थापना गर्ने ।
मौसुफ सरकारले उक्त निर्देशन कार्यान्वयनका शिलशिलामा सो क्षेत्रमा रहेका बैतडी र डोटीका दुई वटा फार्महरूको तरकारी बीउ विकास केन्द्र स्थापना गर्न सकिने हो होइन सम्भाव्यता अध्ययन गर्न तरकारी विकास शाखाबाट प्राविधिकहरू पठाइएको थियो । उक्त दुबै फार्ममा पानीको अभावले गर्दा सो केन्द्र स्थापना गर्न नसकिने भएबाट आसपासका क्षेत्रहरूमा नयाँ फार्म खोल्न सर्वेक्षण गरी डडेल्धुरा जिल्लाको डोटी घटाल भन्ने ठाउमा फार्म स्थापना गर्न उपयुक्त देखिएको सो ठाँउ सदरमुकामबाट ३ कि.मि. दुरीमा पर्ने र प्रशस्त पानीको सुविधा भएको तथा सो ठाँउमा विभिन्न तरकारी बीउ उत्पादन गर्न सकिने भएकाले र प्राविधिक दृष्टिकोणबाट राम्रो पाइएकोले वि.सं.२०४३ साल पौषमा यस केन्द्रको स्थापना गरियो । हाल यस क्षेत्रमा तरकारी खेती सम्बन्धी प्रभाविला कार्यक्रमहरू सञ्चालन भई फार्म स्थापनाकालको अपेक्षाले निकै नै विकास भएको छ ।
फार्मको विवरण
१. भौगोलिक विवरण
तरकारी बीउ उत्पादन केन्द्र, डडेल्धुरा सदरमुकामबाट ३.५ कोष दक्षिण महाभारत पर्वतको उत्तरी कोखको डोटी घटाल अमरगढी न.पा.वडा नं.३ मा अवस्थित छ । उत्तरी मोहडा परेको यस केन्द्रको उचाइ समुन्द्री सतहबाट १,६१० मिटर रहेको छ र यस केन्द्रको कुल क्षेत्रफल ८६ रोपनी, ५ आना, १ पैसा, ३ दाम जसमध्ये:
सिमार ः २० रोपनी
पाखो : २५ रोपनी
खेती योग्य ः ३६ रोपनी
भवन कुलो आदि : ५ रोपनी
२. हावापानी
केन्द्रको हावापानी लेकाली (Warm Temperatute) किसिमको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम -३ डि.से. पुग्छ । वर्ष भरीको सालाखाला वर्षा १५०० देखि १७०० मि.लि. सम्म हुन्छ । आषाढदेखि भाद्रसम्म अत्याधिक वर्षा हुन्छ । सुख्खा समय फाल्गुनदेखि वैशाख र मंसिरदेखि माघ अन्तिमसम्म अति नै जाडो हुन्छ । कार्तिकदेखि फाल्गुनसम्म तुषारो परिरहने र तापक्रम कम हुने भएकाले गर्मी तरकारीका बेर्ना उमार्न ढिलाई हुन जान्छ । यस भेगमा चैत्रदेखि आषाढसम्म असिना पर्ने भएकाले तरकारी बीउ उत्पादनमा ठूलो क्षती पु¥याउछ ।
३. माटो
यहाँको माटो चिम्ट्याइलो दोमट र बलौटे दोमट किसिमको ५ देखि ६.५ सम्म पी.एच्.मान भएको माटो विद्यमान छ ।उर्वराशक्ति ह्रास भएको कारणबाट रासायनिक मलको जोडले मात्र उत्पादन लिन सकिएको छ ।
४. क्षेत्रफल
मध्य पहाडमा स्थित यस केन्द्रको मोहडा उत्तरतिर केही भिरालोसम्म मैदानको रूपमा छ । यसको क्षेत्रफल ८६ रोपनी, ५ आना, १ पैसा र ३ दाम रहेको छ । केन्द्रको माथि दक्षिण पट्टीको असिञ्चित पाखो जमिन २५ रोपनी , केन्द्रको बीचको पानी जम्ने सिमार २० रोपनी बाँकी तलको समतल सिञ्चित उत्पादन योग्य ३६ रोपनी जग्गा र बाँकी उत्पादन योग्य जमिनमा कार्यालय स्टोर घर रहेको छ ।
५. सिचाईं
केन्द्र डोटी खोलाबाट ल्याइएको तल्लो कुलो (काठे बाँध) ०५६/५७ मा आएको कार्यक्रमबाट पक्की भइसकेको उक्त कूलोको केन्द्रको करीब २०–२५ रोपनी मात्र सिचाँइ हुनसक्छ भने माथिल्लो कूलो मर्मत गर्नु पाएमा १५–२० रोपनी थप सिचाँइ हुन सक्ने ।
