उदेश्य

केन्द्रको उद्देश्य :

  • ​​विभिन्न तरकारीका स्थानीय जात सङ्कलन, अध्ययन तथा सुधार विकास गर्ने र उन्नत जातका तरकारीको उपयुक्तता बारे परीक्षणहरू गर्ने,
  • उपयुक्त तरकारीको मूल बीउ उत्पादन गरी क्षेत्रमा निजी स्तरमा व्यवसायिक बीउ उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्ने,
  • स्थानीय कृषकहरूको तरकारीमा भएका समस्यामूलक अध्ययन परीक्षण सञ्चालन गर्ने तथा उपयुक्त प्रविधिको विकास गर्ने,
  • यो प्रदेशमा तरकारी प्रसारमा काम गर्ने प्राविधिकहरूलाई र स्थानीय कृषकहरूलाई तरकारी प्रसारमा प्राविधिक मद्दत दिने तथा तालिमको व्यवस्था गर्ने,
  • सुदूरपश्चिम  क्षेत्रमा तरकारी उत्पादन र तरकारी बीउ उत्पादनको लागि मुख्य सेवा केन्द्रको रूपमा काम गर्ने,
  • केन्द्रको प्रभाव क्षेत्रमा तरकारी बीउ र ताजा तरकारी उत्पादन पकेटको विकास गरी स्थानीय आवश्यकता पूरा गर्न काम गर्ने,
  • विभिन्न किसिमका तरकारीका बीउ बेर्ना उत्पादन गरी कृषकहरूलाई सहुलियत मूल्यमा बिक्री गर्ने ।

 

आयोजनाबाट फाइदा

  • उत्पादन : बीउ बेर्ना बिक्रीबाट प्रत्यक्ष फाइदा हुनेछ । कृषक स्तरमा  तरकारी  वृद्धि  हुनका साथै बीउ उत्पादन भई कृषकहरूले ठूलो फाइदापाई पेसालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
  • रोजगारी : प्रत्येक दिन ४०–५० जना स्थानीय व्यक्तिहरूले अस्थायी  रोजगारी पाउनुको साथै करीब २०-३० जना स्थायी कर्मचारीले काम पाउने छन् ।
  • तरकारी बीउको निर्यात बढ्ने र आयात कम  हुने  भएकोले  मुद्राको  बचत  हुने र भविष्यमा विदेशी मुद्रा आर्जन गर्न सकिने छ ।
  • केन्द्रले केही राजश्व समेत आर्जन गर्न सक्ने छ । 
  • तरकारी खेतीको व्यापक विस्तारबाट प्रशोधन उद्योगको सम्भावना बढ्नेछ ।
  • तरकारी बढी खपतबाट सर्वसाधारणको स्वास्थ्यमा सुधार हुनेछ ।

उद्देश्य पूरा गर्न सञ्चालन गरिएका मुख्य मुख्य कार्यक्रम

  • तरकारी उत्पादन तथा बिक्री वितरण गर्ने । (प्रजनन् बीउ, मूल बीउ र उन्नत बीउ)
  • जातीय सम्बर्धन तथा विकास गर्ने ।
  • विभिन्न जातका तरकारीमा बेर्ना उत्पादन तथा बिक्री वितरण गर्ने ।
  • तालिम  कार्यक्रम  ।
  • तरकारी प्याकेज प्रदर्शन गर्ने । (तरकारी एवम् ताजा तरकारी)
  • बेमौसमी तरकारी उत्पादन प्रदर्शन गर्ने । 
  • बाह्य सेवा कार्यक्रम गर्ने । (प्रभाव क्षेत्रका जिल्लाहरूमा)
  • प्रचार प्रसार सामग्री प्रकाशन तथा वितरण गर्ने ।
  • अध्ययन परीक्षण गर्ने । (विभिन्न तरकारी बालीहरूमा)
  • कृषक स्तरमा तरकारी बीउ उत्पादन तथा नर्सरी स्थापना गर्ने ।
  • प्रोटेक्टेड हर्टिकल्चर (प्लाष्टिक घर निर्माण)